खेल

नेपाल र केन्याबीचको दोस्रो खेल आज

नेपाल र केन्याबीचको दोस्रो खेल आज

फागुन ३० – आइसिसि विश्व क्रिकेट लिग च्याम्पियसिपमा आज दोस्रो खेलमा नेपाल र केन्या आमने साने हुन लागेका छन् ।

केन्यासँगको दोश्रो खेलमा पनि नियमित कप्तान पारस खड्काले नखेल्ने सम्भावना धेरै देखिएको छ । केही समयअघि पेटको शल्यक्रिया गरेका कारण पारसले केन्यासँगको पहिलो खेल पनि खेल्न सकेनन् । आजको खेलमा पनि पारसले खेल्ने नखेल्ने सम्भावनाबारे नेपाल क्रिकेट संघ क्यानले केही बताएको छैन ।

पारसले नखेले नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले नै सम्हाल्नेछन् । यसबाहेक नेपालको टीमपनि लगभग उही हुनेछ ।  ज्ञानेन्द्र र सुनिल धमलाले ओपनिङ ब्याटिङ्ग गर्नेछन् । मेहबुबको ठाउँमा अरिफ शेखले खेल्ने सम्भावना छ ।

करण केशी विरामी भएपछि टीममा बोलाइएका अभिनास कर्णले खेल्ने नखेल्ने टुंगो छैन । उनले नखेले नेपाल एकमात्र फाष्ट बलर सोमपाल कामी मिडयम फाष्ट सन्दिप लामिछाने अनि तीन स्पिनर शक्ति गौचन बशन्त रेग्मी र सागर पुन सहित मैदान उत्रिनेछ ।

Icc Champions Leauge Nepal Kenya

विशेष