समाज

तराईमा होली आज, धुमधामका साथ मनाईंदै

तराईमा होली आज, धुमधामका साथ मनाईंदै

फागुन ३० । तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदै छ ।

काठमाडौं उपत्यकासहित पहाडि क्षेत्रमा हिजो मनाइएको भए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।

Holi In tarain

विशेष