
फागुन ३० । स्पेनिस लिग फुटबलमा दावेदार बार्सिलोनालाई डेपोर्टीभो लाकोरुनाले हराएको छ । आइतबार राती भएको खेलमा घरेलु टोली डेपोर्टीभोले बार्सिलोनालाई २–१ ले हराएको हो ।
बार्साको लिग उपाधि अभियानमै धक्का पुग्ने गरी हराउन डेपोर्टीभोका जोसेलु र अलेक्जेण्डर बर्गान्टीनोसले एकरएक गोल गरे । बार्सिलोनाका लागि लुइस सुवारेजले एक गोल गरेका हुन् । यो हारपछि बार्सिलोनाले अंक तालिकामा आफ्नो अग्रता गुमाएको छ । राति भएको अर्को खेलमा रियाल बेटिसलाई २–१ ले हराउँदै रियाल मड्रिड तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।
खेलमा रियाल मड्रिडलाई विजयी गराउन क्रिश्टियानो रोनाल्डो र सर्जीयो रामोसले एक–एक गोल गरेका थिए । रातिका खेलपछि स्पेनिस ला लिगाको अंक तालिकामा २६ खेलबाट ६२ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको बार्सिलोना ६० अंकसहित दोस्रो स्थानमा छ ।
barsa
la liga