खेल

फाइनल प्रवेशका लागि संकटा र सुदुरपश्चिम ११ भिड्ने

फाइनल प्रवेशका लागि संकटा र सुदुरपश्चिम ११ भिड्ने
फागुन ३० । नेपालगञ्ज गोल्डकपमा आज काठमाडौंको संकटाक्लब र सुदुरपश्चिम ११ बिच खेल हुने भएको छ । नेपालगञ्ज रंगशालामा हुने आजको खेलमा विजयी हुने टिमले फाइनलको यात्रा तय गर्ने छ । सूदुरपश्चिम ११ ले दिल्ली युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने शसस्त्र प्रहरीलाई पराजित गर्दै संकटाले सेमिफाइनलको यात्रा तय गरेको हो । आजको विजेताले फाइनलमा रुपन्देही ११ र नेपाल प्रहरी क्लबको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेताले ५ लाख प्राप्त गर्ने छ भने उपविजेताले २ खाल ५ हजार प्राप्त गर्ने छ ।

Nepalgung Goldcup

विशेष