खेल

नेपाललाई १ सय ५६ रनको लक्ष्य

नेपाललाई १ सय ५६ रनको लक्ष्य

फागुन ३० । आइसीसी वल्ड च्याम्पियन्सलिग क्रिकेटमा केन्याले नेपाललाई एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

किर्तिपुर मैदानमा भएको खेलमा टस हारेर पहिलो व्याटिङमा आएको केन्याली टोलीले राम्रो सुरुवात गरेन । सस्तो मै आफ्ना ओपनर व्याट्म्यान गुमाएको केन्याली टोलीले चौथो विकेटका लागी राम्रो साझेदारी गरेको थियो ।

केन्याली टोली कोलिन ओवियाले ४८ रनको योगदान दिए भने इरफान करिमले ३८ रन बनाए । त्यस्तै रकिप पटेलले २१ रन तथा करण कौरले १५ रनको योगदान दिए ।

केन्यालाई सस्तैमा समेट्न नेपाली बलर शरद भेषवाकरले ३ , मेहवुब आलम र बसन्त रेग्मीले २÷२ विकेट लिए । अहिले केहिबेरमा नेपाली टोलीले बलिङ गर्ने छ ।

Nepali Cricket

विशेष