मनोरञ्जन

किन भनियो आमीरलाई कन्हैयालाल ? जान्नुहोस् आमीर खानका बारेमा थाहा नभएका तथ्य

किन भनियो आमीरलाई  कन्हैयालाल ? जान्नुहोस् आमीर खानका बारेमा थाहा नभएका तथ्य

जेठ १७। आमीर खान ५२ वर्षमा प्रवेश गर्दै छन् । उनको बारेमा यस्ता धेरै तथ्य छन् जसबाारे कमैलाई थाहा छ । 

१ आमीर खानको असली नाम मोहम्मद आमीर हुसैन खान हो ।

२ आमीर खानको जिस्क्याउने नाम कन्हैयालाल हो । उनी बाल्यवस्थामा धेरै समय केटीहरुसँग बढि समय बिताउँने हुनाले उनका परिवारले उनलाई यो नाम राखिदिएका थिए ।

३ अमीर खानले उनका काकाको फिल्म ‘यादों की बारात’ मा चाइल्ड आर्टिस्ट भएर काम गर्दा उनी ८ वर्षका थिए ।

४ फिल्म ‘गुलाम’ को क्यारेक्टरको लागि उनले धेरै दिनसम्म ननुहाई बसेका थिए ।

५ फिल्म ‘तारे जमिन पर’ मा अमिताभ बच्च्नका छोरा अभिषेकको उदाहरण दिनको लागि उनले बिग बीसँग विशेष अनुमति लिएका थिए ।

६ फिल्म ‘साजन’, ‘हम आपके है कौन’ र ‘जोस’ मा सञ्जय दत्ता, सलमान खान र चंद्रचूड सिंहको रोल पहिला आमीरलाई अफर गरिएको थियो ।

७ उनकी पत्नी किरण राओका अनुसार आमीरलाई इटिङ डिसअर्डर छ जसको कारण उनी केही न केही खाइरहन्छन् ।

८ आमीरलाई नुहाउन पटक्कै मन पर्दैन । तर, उनी पानीमा भिज्न भने रुचाउँछन् ।

९ आमीरका बाबुआमा उनी कलाकर बनुन् भन्ने चाहदैनथे । उनीहरु आमीरले पढाईमा ध्यान दिउन् भन्ने चाहन्थे तर उनले हाइ स्कुलपछि पढ्न छोडे ।

१० आमीर खानले भारतमाा मात्र नभएर पाकिस्तनमा पनि समाजसेवा गरिसकेका छन् ।

११ आमीर खान र अभिनेत्री जुही चावलाले एकसाथ सात फिल्ममा काम गरे जसमध्ये पाँच फिल्म फ्लप भयो । फिल्म ‘इश्क’ को सेटमा आमीरले यही कुरालाई लिएर जुहीसँग मजाक गरेका थिए । त्यहाँदेखि यी दुईले कहिल्यै एकसाथ काम गरेनन् ।

Amira Khan

विशेष