मनोरञ्जन

समाज सेवामा सुन्दरी

समाज सेवामा सुन्दरी

चैत्र १ । सेफले मोडल नीति शाहलाई परिकार बनाउने तरिका सिकाउँदै थिए । मोडलिङमा लामो अनुभव संगालेकी नीतिलाई भने यो काम नौलो लाग्दै थियो ।

गुड कजको लागि सिक्नैपर्यो । उनी भन्दै थिइन । मेरो सानो सहयोगले अरुलाई साथ मिल्छ भने आइ एम रेडी टु डु इट ।

केही दिनअघि नीती एसिड आक्रमण पीडित संगिता मगरको सहयोगार्थ दरबारमार्ग स्थित एउटा रेस्टुरेन्टमा जापानी परिकार शुसी बनाउँदै थिइन । संगितालाई आर्थिक सहयोग जुटाउन नीतिले यो योजना बनाएकी थिइन । उनले आफैले परिकार बनाएर चखाएको ३१ हजार रुपैयाँ संगीतालाई त्यही हस्तान्तरण गरिन ।

त्यस्तै संगितालाई स्नातकसम्म शैक्षिक सहयोग उपलब्ध गराउन उनले आफु पढिरहेको जेभियर एकेडमीमा प्रक्रिया अघि बढाएको पनि बताइन ।

पछिल्ला दिनहरुमा समाजमा सहयोगी भावना बढोत्तरी भइरहेका थुप्रै उदाहरण पाइनछन् । हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीले गरेको काम अग्रपंक्तिमा आउँछ । यति बेला नायिक श्वेता खड्का पिन समाजसेवा तिर अघि बढेकी छन् । उनका अनुसार उनका दिवंगत पति नायक श्रीकृष्ण श्रेष्ठको नाममा श्वेताश्री फाउन्डेसन नै घोषणा गरेकी छन् । उनले श्रीकृष्ण श्रेष्ठको जन्मजिल्लाबाट समाजसेवाको नमुना काम सुरु गर्दैछिन् ।

त्यस्तै समाजसेवामा जुट्नेपंक्तिमा नायिका रखा शाह पनि छन् । उनले काम गर्ने तरिका अलि बेग्लै छ उनी भित्रभित्रै काम गर्न चाहन्छिन् । तीन वर्ष अघिदेखी रेखा शाह फाउन्डेशन खोलेर शैक्षिक क्षेत्रबाट सहयोग थालेकी थिइन उनले । उनको विचारमा छोरी घरकी शिक्षिका हुन् छोरीलाई पढाए सबै शिक्षित हुन्छन् भन्ने मान्यता उननको छ ।

Nepali Sundari

विशेष