मनोरञ्जन

चर्चित हुनु भन्दा अघि नै विवाह गरेका बलिउड सेलिब्रेटि

चर्चित हुनु भन्दा अघि नै विवाह गरेका बलिउड सेलिब्रेटि

चैत्र १ । बलिउडमा धेरै अभिनेताहरुको विवाह गरेपछि भाग्य चम्किएको देखिन्छ । कतिले आफू स्थापित भएपछि विवाह गरेका छन् भने कतिपय अभिनेताहरु आफू चर्चामा आउनुअघि नै विवाह गरिसकेका थिए । यी हुन् चर्चाअघि नै विवाह गरेका बलिउड अभिनेताहरु ।

आमीर खान  

बलिउड अभिनेता आमिर खानले चर्चामा आउनु अघि नै विवाह गरिसकेका थिए । उनले दुई पटक विवाह गरे । अहिले उनकी पत्नी किरण राओ हुन् । उनकी पहिलो श्रमितीको नाम रीना दत्ता थियो । दुवै अलग अलग धर्मका भएका हुनाले आमीरले रीनालाई भगाएर विवाह गरेका थिए । १६ वर्षसम्म सँगै बसेपछि यी दुबैले अलग अलग बस्ने निर्णय लिए । आमीरले सन् २००२ मा रीनालाई डिभोर्स दिएर सन् २००५ मा किरण राओसँग विवाह गरे । रीनाको तर्फबाट आमीरका दुई छोराछोरी छन् । उनीहर अहिले रीनासँगै बस्ने गर्छन् ।

शाहरुख खान र गौरी

अभिनेता शाहरुख खान र गौरीको प्रेम कथा कुनै फिल्मी कहानी भन्दा कम छैन । भिन्नै धर्मका भएपनि यी दुईले एक अर्कालाई स्वीकार गरे । पहिलो झलकमै माया बसेपछि उनीहरु प्रेममा परे । घरबाट अस्वीकृत हुँदा पनि उनीहरले विवाह गरे । शाहरुखको पहिलो फिल्म दीवाना उनको विवाहको एक वर्ष पछि रिलिज भएको थियो ।

सैफ अली खान र अमृता सिंह

जब सैफ अली खानले अमृता सिंहसँग विवाह गरे उनी त्यतिबेला सुपरस्टार थिइन् । सैफले त्यतिबेला आफ्नो पहिचान पनि बनाउन पाएका थिएनन् । सैफले आफू भन्दा १२ वर्ष जेठी अभिनेत्रीसँग विवाह गरेका थिए । उनीहरुले विवाहको १४ वर्ष पछि एकअर्कालाई डिभोर्स दिए । त्यसपछि सैफले करीनासँग विवाह गरे ।

अर्जुन रामपाल र मेहर जेसिया

बलिउड स्टार अर्जुन राम्पालले त्यो समयकी सुपरमोडल मेहर जेसियासँग विवाह गरेका थिए । त्यतीबेला उनलाई बलिउडमा कसैले चिन्दैनथ्यो । उनले सन् १९९८ मा मिस इन्डिया र सुपरमोडल मेहरसँग विवाह गरेका हुन् ।

आयुस्मान खुराना र ताहिरा

सन् २०१२ मा विक्की डोनरमा डेब्यु गर्नु भन्दा पहिला नै आयुसमानको विवाह भइसकेको थियो । उनले आफ्नो बाल्यकालकी साथी ताहिरासँग विवाह गरेका थिए ।

Arjun Rampal Indian Celebreti saharukh khan

विशेष