मनोरञ्जन

आमीर खानले छोडेका यी फिल्म जसबाट उदाए सलामन र शाहरुख खान

आमीर खानले छोडेका यी फिल्म जसबाट उदाए सलामन र शाहरुख खान

चैत्र १ । आज आमीर खानको ५२ औं जन्मदिन हो । उनको पछिल्लो फिल्म ‘दंगल’ सार्वधिक कमाई गर्ने फिल्मको रेकर्ड बनाउन सफल भयो । उनले यस्ता धेरै ब्लकबस्टर फिल्मको अफर छोडिदिए जसबाट सलमान खान र शाहरुख खान उदयमान भए ।

आमीरले छोडेका पाँच फिल्ममा काम गरे शाहरुख खानले

आमीर खानले छोडेका पाँच फिल्ममा शाहरुख खानले काम गरे । डर, दिलवाले दुल्हनीयां ले जायंगे, दिल तो पागल है, मोहब्बतें र स्वदेशजस्ता फिल्मबाट शाहरुख खान बलिउडमा स्थापित हुन सफल भए । यी सबै फिल्मको अफर पहिला आमीर खानलाई आएको थियो । शाहरुख खान स्टार फिल्म ‘जोस’ मा चंद्रचूड सिंहको रोल पनि आमीरलाई दिइएको थियो । तर उनले शाहरुखसँग दोस्रो लिडमा काम गर्न मानेनन् ।

सलमान खान अभिनित फिल्म ‘हम आपके हे कौन’ मा पनि सलमानलाई भन्दा पहिला उक्त अफर आमीरलाई दिइएको थियो । तर, कथा मन नपरेका कारण उनले उक्त फिल्ममा काम गर्न मानेनन् ।

त्यस्तै अर्को ब्लकबुस्टर फिल्म बजरंगी भाइजानमा पनि पहिला आमीरलाई अफर गरिएको थियो । उक्त अफर रिजेक्ट गरेपछि त्यो अफर सलमानलाई दिइयो ।

Amir Khan Saharuk Khan salman khan

विशेष