खेल

डिपिएल क्रिकेट लिग तोकिएको समयभन्दा पछाडि सर्यो

डिपिएल क्रिकेट लिग तोकिएको समयभन्दा पछाडि सर्यो
चैत्र–१ । धनगढीमा हुने डिपिएल क्रिकेट लिगप्रतियोगिता तोकिएको मिति भन्दा २२ दिन पछाडि सरेको छ । आगामी चैत ५ गतेदेखि हुने भनिएको प्रतियोगिता बंगलादेशमा हुन लागेको एसिसी इमर्जिङ कप सोही समयबीचमा परेको भन्दै आयोजकले प्रतियोगिता २२ दिन पछाडि सार्दै चैत २७ गतेदेखि गर्ने निर्णय गरेको हो । नेपाली क्रिकेट र खेलाडीहरुका लागि दुवै प्रतियोगिता उत्तिकै महत्वपूर्ण भएका कारण इमर्जिङ कपमा टेस्ट मान्यता राष्ट्रहरुसँग खेल्नुपर्ने भएकाले प्रतियोगिता सारिएको हो । आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली क्रिकेटमा व्यवसायिकताको प्रवद्र्धन गरि नेपाली क्रिकेटलाई नयाँ उचाई दिनेछ । त्यसैले देशको क्रिकेट र क्रिकेटरको बृहत्तर हितलाई मध्यनजर राख्दै टीम, खेलाडी, प्रयोजक तथा अफिसियलहरुको सल्लाह बमोजिम हामीले प्रतियोगितालाई २२ दिन पछाडि सार्ने निर्णय गरेका छौं । अब, आगामी चैत २७ गते देखि बैशाख ९ गतेसम्म धनगढीमा आयोजना हुनेछ ।’

एसिसी इमर्जिङ कप डिपिएल क्रिकेट लिग धनगढी

विशेष