बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

चैत्र–१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा मंगलबार भएको सवारी दुर्घटनामा परी साइकलयात्री नवलपरासी देवचुली–३ कैउरेनी बस्ने ३५ वर्षीय देवसिंह दर्लामीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४३६४ नंको बसले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बाटो काट्ने क्रममा बसको ठक्करबाट घाइते दर्लामीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको बताइएको छ ।
पूर्वपश्चिम राजमार्ग
मृत्यु
साइकलयात्री