समाज

दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु
चैत्र–१ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । लु ९ प ४४८८ नंको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु १ ज २२३० माइक्रोबसले सैनामैना– २ झारगैरामा ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय नारायण खनाल र उनकी ३२ वर्षीया श्रीमती कमलाको ज्यान गएको प्रहरीले जनाएको छ । सोही माइक्रोबसले एक साइकललाई समेत ठक्कर दिँदा दुई जना घाइते भएका छन् । ठक्करबाट साइकलमा सवार स्थानीयवासी नरेश ठाकुर र उनकी छोरी पश्चिमा घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बाटो मोड्ने क्रममा माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएका खनाल दम्पतीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने माइक्रो बस प्रहरीको नियन्त्रणमा छ । रासस

पूर्वपश्चिम राजमार्ग मृत्यु रुपन्देही

विशेष