समाज

एकीकृत बस्ती बनाउँदै नायिका श्वेता

एकीकृत बस्ती बनाउँदै नायिका श्वेता
चैत्र २ । अभिनेत्री श्वेता खड्काले एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छिन्। स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण गर्ने घोषणा गरिन्। सात सदस्यीय कार्य समिति रहेको श्वेताश्री फउन्डेसनको गत शुक्रबार औपचारिक घोषणा गरिएको थियो । कार्यक्रममा श्वेताले श्रीकृष्ण श्रेष्ठको फ्यानको आग्रहका कारण नै आफू समाजसेवामा लागेको बताइन् । ‘दादा स्व. श्रीकृष्ण श्रेष्ठलाई माया गर्ने धेरै फ्यानहरु भेट्थेँ । उहाँहरुले दाइका लागि केही गर्नुस् भनेर हौसला दिराख्नु हुन्थ्यो । उहाँहरुकै हौसलाले म फाउन्डेसन खोल्न तत्पर भएकी हुँ,’ श्वेताले भनिन् । नागरिक

Swata Khadka

विशेष