खेल

नेपालगञ्ज गोल्डकपको फाइनलमा रुपन्देही–११ र संकटा

नेपालगञ्ज गोल्डकपको फाइनलमा रुपन्देही–११ र संकटा

चैत्र २ । बाँकेको नेपालगञ्जमा जारी नेपालगञ्ज गोल्डकपमा काठमाडौंको संकटा क्लब र रुपन्देही ११ बीच खेल हुने भएको छ ।

नेपालगञ्ज रंगशालामा मंगलबार भएको खेलमा नेपाल प्रहरी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै रुपन्देही ११ ले फाइनलमा संकटासँगको भेट पक्का गरेको हो ।

खेलको पहिलो हाफको ३३ औं मिनेटमा नेपाल प्रहरीका खेलाडी जुमानु राईले प्रहरीलाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेट पछि नै रुपन्देहीका खेलाडी अमर डंगोलले रुपन्देहीका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको ७५ औं मिनेटमा रुपन्देहीका खेलाडी अमर डंगोलले नै व्यक्तिगत दोस्रो गोल गर्दै रुपन्देहीको अग्रतालाई दोब्बर पारेका थिए । त्यसपछि दुबै टिमबाट कुनै गोल हुन सकेन । सोमबार भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन सूदुरपश्चिम ११ लाई ५–४ गोल अन्तरले पराजित गर्दै संकटाक्बलले फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगिता भोली हुने आयोजक बाँके फुटबल एशोसियनले जनाएको छ । प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेपनि आयोजकले जनाएको छ ।

Nepalgung Gold cup

विशेष