खेल

लेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

लेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश
चैत २ । लेष्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति भएको प्रि–क्वाटरफाईनल दोस्रो लेगको खेलमा लेष्टरले स्पेनिस क्लव सेभियालाई २–० ले हराउंदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । लेष्टरको जितमा वेस मोर्गान र मार्क अल्ब्राईटनले एक–एक गोल गरे । दोस्रो लेगमा हात पारेको २–० को जितपछि लेष्टस सिटी समग्रमा ३–२ ले विजयी हुँदै क्वाटरफाईनलमा पुगेको हो । पहिलो लेगको खेलमा सेभिया २–१ ले विजयी भएको थियो । पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको लेष्टर सिटी पहिलो सहभगितामै अन्तिम आठमा पुगेको हो । च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा ईटालीको युभेन्टसले पोर्चुगलको एफसी पोर्टोलाई १–० ले हरायो । च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज स्पेनको एथ्लेटिको मड्रिड र जर्मनीको बायर लिभरकुजेन भिड्दा फ्रान्सको मोनाकोले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग खेल्नेछ ।

Champiens Leauge

विशेष