खेल

इमर्जिङ कपमा नेपाली क्रिकेट टोलीको घोषणा

इमर्जिङ कपमा नेपाली क्रिकेट टोलीको घोषणा

चैत्र २ । बंगलादेशमा हुने एसीसी इमर्जिङ नेसन्स कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट भएको छ ।

१५ सदस्यीय नेपाली टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । पारस खड्काको शल्यक्रियापछि अझै खेल्न सक्ने अवस्था नभएकाले ज्ञानेन्द्रले नै टिमको नेतृत्व सम्हाल्ने छन् ।

१५ जनाको टिममा उपकप्तानको जिम्मा शरद भेषवाकरलाई दिइएको छ । त्यस्तै विनोद भण्डारी, सागर पुन, मोहम्मद आरिफ शेख, मेहबुब आलम, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, अविनाश कर्ण, सुनील धमला, भुवन कार्की, सुशान भारी, दिपेश श्रेष्ठ र दिलिप नाथ छन् ।

अतिरिक्त खेलाडीमा कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी मगर र सुशिल कणेल रहेका छन् ।  इमर्जिङ कप आगामी चैत १२ देखि चैत २२ गतेसम्म (मार्च २५ देखि अप्रिल ४ तारिखसम्म) बंगलादेशमा हुनेछ ।

Nepali cricket team

विशेष