समाज

नेपाल भारत सीमामा पाँच दिनदेखि सवारी आवागमन ठप्प

नेपाल भारत सीमामा पाँच दिनदेखि सवारी आवागमन ठप्प

चैत २ । कञ्चनपुरको पश्चिमी सीमा नाकामा पाँच दिनदेखि सवारी आवागमन ठप्प भएको छ ।

गत बिहीबार पुनर्वास नगरपालिकामा भएको घटनापछि पश्चिमी नाका गड्डाचौकी–बनवासाबीच पर्ने सीमा क्षेत्रबाट दुबै देशका सवारी साधनमा भारतीय पक्षले रोक लगाएको हो ।

सवारी साधनमा रोक लगाएपछि दुबै देशका नागरिकलाई आवातजावतमा असहज भएको छ । भारतबाट काम गरी फर्कने नेपाली बनवासाबाट गड्डाचौकीसम्म पैदल हिंडेरै आउन बाध्य भएका छन् । सवारी साधनमा क्षति हुन सक्ने भन्दै भारतीय पक्षले सवारी साधन आवागमनमा रोक लगाएको र अझै स्थिति सामान्य नभएकाले यसबारेमा पहल नगरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Kanchanpur

विशेष