मनोरञ्जन

जान्नुहोस् बलिउड सेलिब्रेटिको पहिलो कमाइ

जान्नुहोस् बलिउड सेलिब्रेटिको पहिलो कमाइ
चैत २ । एक्सन र कमेडी फिल्मका निर्देश रोहित शेट्टी ४३ वर्षका भए । रोहितले आफ्नो करियरको सुरुवात एक सहायक निर्देशन हुँदै गरेका थिए । त्यसबेला उनको उमेर १७ वर्ष थियो । उनको पहिलो कमाई प्रतिदिनको रु ३५ थियो । रोहितले सन् २००३ मा फिल्म ‘जमीन’बाट निर्देशनमा डेब्यु गरेका थिए । तर उनलाई ‘गोलमाल फन अनलिमिटेड’ ले पहिचन दिलायो । त्यसपछि हिट फिल्म दिन थालेका रोहित बलिउडका चर्चित निर्देशकको रुपमा स्थापित भए । अभिनेता शाहरुख खानले पंकज उदासको एक कन्सर्टमा अंटेडरको काम गरेका थिए । उनी पाहुनालाई सेटसम्म पुर्याउने काम गर्थे । यस काम गरेवापत उनलाई पचास रुपैया मिल्ने गथ्र्यो । यो कुरा उनले सन् २०१० मा आफ्नो ट्वीटमार्फत बताएका थिए । अभिनेता इरफान खानले पनि आफ्नो पहिलो तलब रु २५ भएको बताएका छन् । उनले जब बच्चाहरुलाई ट्युसन पढाउथे । उनले त्यो रकम बच्चाहरुबाट लिने गर्दथे । चर्चित अभिनेता धर्मेन्द्रले पहिलो फिल्ममा काम गरेवापत रु ५१ पारिश्रामिक पाएका थिए । सन् १९६० को फिल्म ‘दिल भी तेरा हम भी तेरे’ मा काम गरेवापत उनले उक्त रकम पाएका हुन् । अभिनेता ऋतिक रोसनले बलिउडमा सानो हुँदा चाइल्ड आर्टिस्ट भएर नै प्रवेश गरिसकेका थिए । त्यतिबेला फिल्म ‘आशा’ मा काम गरेवापत उनले १०० रुपैँया पारिश्रामिक बुझेका थिए । अक्षय कुमार फिल्म लाइनमा आउनुअघि बैंककको एक रेस्टुराँमा सेफ थिए । त्यहाँ काम गरेवापत उनी महिनाको १५०० पारिश्रामिक लिन्थे । त्यही नै उनको पहिलो कमाई थियो । आमीर खानले आफ्नो सबैभन्दा पहिलो सर्ट फिल्म ‘पारानोयाँ’ मा काम गरेवापत १००० पारिश्रामिक बुझेका थिए ।

Amir Khan bollywood Dhamrndra salman khan Sarukh Khan

विशेष