माध्यामिक शिक्षा परीक्षाको लागि सजिलो अध्ययन माध्यम
चैत २ । यही बिहिबार चैत ३ गतेबाट सुरु हुन लागेको कक्षा दशका विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षाको तयारीका लागि नेपाल आज र नेपाल टेलिकमले सयुंक्त रुपमा अनलाइन शिक्षण सिकाइ कार्यक्रम ल्याएको छ ।
अनलाइनकै माध्यमबाट सबै विषयको परीक्षा तयारी गर्ने उद्देश्यले नेपाल आज अनलाइनले र नेपाल टेलिकमले संयुक्त रुपमा प्रयास थालेको हो ।
परीक्षामा के कस्ता विषयमा बढि अध्ययन गर्ने भन्ने कुरालाई ध्यान केन्द्रीत गर्दै नेपाल आज र नेपाल टेलिकमले विद्यार्थीहरुलाई सहयोग गर्ने वातावरण बनाएको हो । तलको लिंकमा गएर अध्ययन सामाग्री हेर्न र पढ्न सकिन्छ ।
परिक्षा आइसकेपछि धेरै विद्यार्थी के कुरामा बढि ध्यान दिने भन्ने कुरामा आत्तिने गर्छन् । त्यसको लागि निम्न लिंकमा गएर आवश्यक सामाग्री छानेर अध्ययन गर्न सकिन्छ ।
विगतमा दश कक्षामा लिँदै आएको फलामे ढोका मानिने एसएलसी परीक्षालाई सरकारले खारज गर्दै यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा लिन थालेको हो । यही वर्ष २०७३ देखि सरकारले एसएलसीको सट्टा माध्यमिक शिक्षा परिक्षा लागू गरेको हो ।
कक्षा १२ को परिक्षाको नाम एसएलसी हुनेगरि शिक्षा ऐनमा संसोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माध्यामिक शिक्षा परिक्षाको रुपमा लिन सुरु गरिएको हो । www.nepalaaja.com/education मा गएर परीक्षाकाे तयारी गर्न सकिन्छ ।
नेपाल अाज