खेल

७ फिट अग्ला पाकिस्तानका इरफानलाई क्रिकेट खेल्नबाट रोक

७ फिट अग्ला पाकिस्तानका इरफानलाई क्रिकेट खेल्नबाट रोक
चैत्र–२ । पाकिस्तानका ७ फिट अग्ला बलर मोहम्मद इरफान ‘स्पट फिक्सिङ’ को आरोपमा निलम्बित भएका छन् । उनलाई पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले छानवीनको रिपोर्ट सार्वजनिक नहुँदासम्म उनलाई खेल्नबाट रोक लगाएको छ । पाकिस्तानको टि–२० लिगमा उनीमाथि ‘स्पट फिक्सिङ’ गरेको आरोप लागेको थियो। पाकिस्तानी क्रिकेटमा पछिल्लो समय इरफान मात्र निलम्बित भएका होइनन्। यसअघि शारजिल खान, खालिद लतिफ र नासिर जमशेद क्रिकेटको सबै फरम्याटमा प्रतिबन्धित भएका थिए । पिसिबीको भ्रष्टाचार निरोधक समितिले भ्रष्टाचारको आरोपमा जुल्फिकार बाबर र शाहजेब हसनसँग पनि बयान लिएको छ। तर, उनीहरु माथि लागेको आरोप प्रमाणित नभएपछि दुबैलाई फुकुवा गरिएको थियो । शारजिल, खालिद र इरफान तीनै जना पाकिस्तानी क्रिकेट लिगमा इस्लामाबाद युनाइटेडबाट खेल्ने गर्छन ्। जसको कप्तान मिसबाह उल–हक हुन् । बायाँ हातका तीब्र बलर इरफानले पाकिस्तानका लागि ४ टेस्ट र ६० एकदिवसीय तथा २० टि–२० खेलेका छन्। अग्लो भएका कारण उनी बललाई बाउन्स गराउन माहिर मानिन्छन् । उनी विश्व क्रिकेटमा अग्लो खेलाडीमा पर्छन् । –एजेन्सी

क्रिकेट पाकिस्तान बलर मोहम्मद इरफान

विशेष