स्वास्थ्य

एचआइभी सङ्क्रमित बढ्दै

एचआइभी सङ्क्रमित बढ्दै
चैत्र–२ । पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या २ सय ९५ पुगेका छन् । तीमध्ये १ सय ५७ पुरुष र १ सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार, सङ्क्रमित मध्ये १८ वर्ष मुनिका ३८ जना छन् । सङ्क्रमितमध्ये ९१ पुरुष र ८० महिला गरी कुल एक सय ७१ जनाले निःशुल्क औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गर्नेमा १८ वर्षमुनिका २७ बालबालिका रहेका छन् । उनीहरुले जिल्लाको एकमात्र मिसन अस्पताल पाल्पाबाट निःशुल्क रुपमा औषधि सेवन गरिरहेको सूचना अधिकारी ज्ञवालीले बताए । गत आर्थिक वर्षमा जिल्लामा २ सय ६५ जना एचआइभी सङ्क्रमित रहेको थिए । गत वर्षको तुल्नामा चालु आर्थिक वर्षमा २७ जना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये ४१ जनाले समाजमा खुलेर बसिरहेका छन् । बाँकी सङ्क्रमित अझैपनि घरपरिवार, आफन्त र समाजका डरले रोग लुकाएर बस्न बाध्य भएको सूचना अधिकारी ज्ञवालीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले एचआइभी न्यूनीकरण र उनीहरुलाई समाजमा आत्मसम्मानपूर्वक बँच्नका लागि विभिन्न तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । रासस

एचआइभी औषधि सेवन पाल्पा

विशेष