समाज

ट्याक्टर दुर्घटनामा तीन बालिकाको मृत्यु

ट्याक्टर दुर्घटनामा तीन बालिकाको मृत्यु
चैत्र–२ । सडक छेउमा शौच गर्न गएका तीन बालिकाको बुधबार धनुषामा ट्याक्टरले किचिएर मृत्यु भएको छ । मृत्युहुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् । धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टरको स्टेरिङ फेल भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको धनुषका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिए । प्रहरी नायब उपरीक्षक यादवका अनुसार शौच गर्न गएको बेला स्टेरिङ फेल भएर ट्याक्टर सडक छेउमा पल्टिँदा तिनैजना बालिकाको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने यता घटनाको विषयमा थप अनुसन्धान जारी रहेको उनले बताए । रासस

ट्याक्टर दुर्घटना धनुषा मृत्यु

विशेष