निर्देशक बन्सालीलाई अर्को झट्का, पद्मावतीको सेटमा आगलागी
चैत २ । सञ्जय लीला बन्सालीको निर्देशनमा बन्न लागेको फिल्म ‘पद्मावती’ मा फेरि अर्को तनाव सिर्जना भएको छ । केही अपरिचित व्यक्तिको टोलीले फिल्मको सेटमा आगो लगाइदिएको भारतीय मिडियाले जनाएको छ । बुधबार करिब १ बजेतिर केही अपरिचित व्यक्तिको टोलीबाट सुटिङस्थलमा आगलागी भएको थियो । करिब ५०,००० किमीको दूरीसम्म फिल्मको सुटिङस्थल फैलिएको छ । प्रहरीबाट कसैलाई गिरफ्तार गर्ने काम भने भइसकेको छैन । आगलागीका कारण सुटिङको लागि राखिएको कैयौँ कपडा जलेको डिजाइनर रिम्पलले बताएकी छिन् । करिब पचास जनाको लागि तयार बनाएर राखिएको कपडा जलेको उनको भनाई छ । अझ के के कुराको क्षति भयो भन्ने खबरमा छानबिन हुनै बाँकी छ । यो समेत गरेर दुईपटक पद्मावतीको सुटिङमा बन्सालीले ठूलै हन्डर खप्नुपर्यो । जनावरी २७ मा उनलाई जयपूरका कार्नी सेनाले फिल्मको कथा बंगाएका कारण झापड हानेका थिए । फिल्म यही वर्षको नोभेम्बरमा रिलिज हुने बताइएको छ । ‘पद्मावती’ आगलागी सञ्जय लीला बन्साली