स्वास्थ्य

नेपालमै भेटियो बर्ड फ्लुको खतरनाक भाइरस, सुरक्षित रहन विश्व स्वास्थ्य संगठनको आग्रह

नेपालमै भेटियो बर्ड फ्लुको खतरनाक भाइरस, सुरक्षित रहन विश्व स्वास्थ्य संगठनको आग्रह
चैत ३ । नेपालका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत फागुन १८ मा इटहरीको शान्ति टोलका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो । इटहरीको तालतलैयाका पक्ष र खनार क्षेत्रका कुखुरामा त्यस्तो भाइरस फेला परेको तथ्य नेपालले लुकाए पनि विश्व स्वास्थ्य संगठनले यसको पुष्टि गरेको छ । यसअघि नेपालमा बर्ड फ्लु ‘एच५ एन१’ भाइरस देखिदैं आएको थियो । नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठन सतर्क रहन नेपालीलाई आग्रह गरेका छन् । नयाँ पत्रिका

Birdflu

विशेष