समाज

एसइई परीक्षा आजबाट, ५ लाख ३८ हजार विद्यार्थी सहभागी

एसइई परीक्षा आजबाट, ५ लाख ३८ हजार विद्यार्थी सहभागी

चैत्र ३ । माध्यमिक शिक्षा परिषद् (एसइई)को परिक्षा आजबाट सुरु भएको छ ।

परिक्षामा कुल पाँच लाख ३८ हजार एक सय विद्यार्थी सहभागी रहेका छन् । परीक्षामा एक हजार नौ सय २३ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन एक हजार नौ सय २३ केन्द्राध्यक्ष ताेकिएकाे छ ।

 दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक ११ हजार सात सय सहयोगी र २८ हजार आठ सय ४५ सुरक्षाकर्मी गरी ६७ हजार पाँच सय ९१ जनशक्ति परिचालित हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताएका छन् ।

आजबाट सुरु भएको परीक्षा १४ गते सम्म चल्ने छ ।

SEE Exam

विशेष