खेल

नेपालगञ्ज गोल्डकपमा आज संकटा र रुपन्देही ११ भिड्दै

नेपालगञ्ज गोल्डकपमा आज संकटा र रुपन्देही ११ भिड्दै

चैत्र ३ । मध्यपश्चिमकै ठुलो प्रतियोगिताका रुपमा आयोजित दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज रुपन्देही ११ र काठमाडौंको संकटा क्लबबीच खेल हुँदै छ ।

नेपालगञ्ज रंगशालामा ह्ने खेलमा रुपन्देही ११ ले मनाङ र नेपाल प्रहरी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने संकटाल डिफेन्डिङ च्याम्पिन सूदुरपश्चिम ११ लाई र विभागिय टिम शसस्त्र प्रहरीलाई पराजित गर्दै फाइनमा प्रवेश गरेको हो ।

संकटा र अग्नि रुपन्देही यस वर्षमा धरानको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा एकपटक मात्रै आमने सामने भए तर उक्त भेटमा भेटमा सीएमजी संकटा २–१ बिजयी बनेको थियो ।

स्थानिय समर्थकको समर्थन पाएको रुपन्देही उपाधि जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ ।  तर यस प्रतियोगिताको फाइनलमा सीएमजी संकटामा अनुभबी खेलाडीहरु भरीभराउ हुदारुपन्देहीलाई भने सजिलो हुने छैन । रुपन्देहीमा सम्पन्न तिल्लोतामा गोल्डकपको उपाधि पनि सीएमजी संकटाले लिएको थियो ।

रुपन्देही ११ ले भने यसै वर्ष अर्को एउटा उपाधि थप्ने दाउमा रहेको छ । रुपन्देही ११ ले एक महिना अघि मात्र उदयपुरको गाइघाट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

नेपालगञ्ज गाेल्डकप फाइनल खेल

विशेष