समाज

रंगेलीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रंगेलीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
चैत्र ३ । मोरङको रंगेलीमा बिहिबार विहान ट्रकको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट झापा महाभारा गाविस वस्ने अन्दाजी ३५ वर्षिय दिपक महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । हुलाकी राजमार्ग अन्र्तगत मोरङ्गको रंगेली नगरपालीका वार्ड नं.९ स्थित सडकमा विराट पोल्ट्री र्फमको को १ क १८४६ नम्बरको ट्रकले मे ७ प ८२६३ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा महतोको घटना स्थलमै मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । मृतक महतोको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।

विशेष