ताजा खबर मुख्य समाचार

पूर्वमन्त्री ढुंगेल मृत फेला

पूर्वमन्त्री ढुंगेल मृत फेला

चैत्र ३ । नेपाली काँग्रेसका नेता तथा पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेल मृत अवस्थामा भेटिएका छन् ।

ढुंगेल दिल्लीबजारस्थित आफ्नै कोठामा मृत भेटिएका हुन् । रामेछापका उनी ग्यास्ट्राइटिस पीडित थिए । सामन्य उपचारका लागि उनी बुधबार साँझ हिमाल अस्पतालमा उपचारका लागि गएका थिए ।

कोठामा एक्लै बस्दै आएका नेता ढुंगेल मृत भेटिएको खवरपछि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु डिल्लीबजार पुग्ने क्रम जारी रहेको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौला पनि घटनास्थल पुगेका छन् ।

Ramhari Dhungel

विशेष