ओटोमोबाइल कर्पोरेट

केही वर्षपछि टाटा मोटर्स नम्बर वान ब्रान्ड बन्नेछ– प्रविण खतिवडा

केही वर्षपछि टाटा मोटर्स नम्बर वान ब्रान्ड बन्नेछ– प्रविण खतिवडा

नेपालमा अटोमोबाइल्स व्यापार बढ्दै गएको छ । विभिन्न अटोमोबाइल्स कम्पनीले आफ्नो व्यापार बर्षेनी वृद्धि भएको बताउदै आएका छन् ।

नेपाली बजारमा भित्रिएको अटोमोबाइल्सको ब्रान्ड र मोडेलको वृद्धिले अटोमोबाइल्स व्यापार आगामी वर्षमा बढ्ने देखिएको छ । धेरैजसो अटोमोबाइल्स कम्पनिले नेपाली बजारमा वर्षेनी नयाँ नया ब्रान्डको मोटरहरु झिकाएका छन । यी सबै तथ्यहरुलाई हेर्दा नेपालमा कार चढ्ने मानिसहरुको जनसंङ्ख्या दिनानुदिन बढ्ने देखिएको छ ।

अटोमोबाइल्स क्षेत्रमा नेपालमा टाटा मोर्टस प्रतिक्षित कम्पनी हो । टाटा मोटर्सको मालबाहक गाडी देखि लिएर कारसम्म नेपालमा सजिलै उपलब्ध छ । सबै प्रकारको सवारी साधनमा नेपाली बजारमा अन्य कम्पनिको भन्दा टाटा मोर्टसको दह्हो उपस्थिती छ ।

टाटामोर्टसको जेनरल म्यानेजर प्रविन खतिवडाको अनुसार नेपाली बजारमा अहिले अटोमोबाइल्स क्षेत्रमा ब्यापार घटेको छ । गाडी किन्नको लागि बैंकले ऋणमा कडा गरेको छ । अटोमोबाइल्स क्षेत्र विगत ४ महिनादेखि पर्ख र हेरको स्थितीमा छ ।

‘गाडी किन्नको लागि अहिले ५० प्रतिशत मात्र ऋण बैंकले दिन्छ । पहिला यस्तो थिएन । बैंकले ऋण दिन्थ्यो ।’ उनले भने–‘पहिला ग्राहकहरुसँग अलिअलि पैसा भएपनि बैंकबाट ऋण लिएर गाडी चड्न सक्थे । अहिले त्यो अवस्था छैन । स्वाभाविक रुपमा सबै अटोमोबाइल्स कम्पनिको ब्यापार घटेको छ । यसले अटोमोबाइल्स क्षेत्रमा दिर्घकालिन असर गर्छ ।’

खतिवडाको अनुसार टाटामोर्टस अटोमोबाईल्स क्षेत्रमा कर्मसियल गाडीमा नम्बर वान रहेको छ । अन्य गाडीहरुको नयाँ–नयाँ ब्रान्ड र फिचर भएको गाडी भित्रिएकाले त्यस्तो गाडीमा मुख्य तिन कम्पनीभित्र पर्दछ । उनी भन्छन्–‘टाटाले पछिल्लो समयमा धेरै संर्घष गरेर लामो छलाङ मारेको छ । विभिन्न प्रविधी भएको गाडी निर्माण गरेकाले आगामी दिनमा टाटा नम्बर वान ब्रान्ड बन्नेछ ।’

टाटामोटर्सको नेपालसंगको इतिहास लामो छ । नेपालमा टाटामोटर्सको ब्यापार दिनप्रतिदिन बढ्दै गएको खतिवडा बताउँछन् । उनी भन्छन्–‘अहिलेसम्म नेपालमा अटोमोबाइल्स क्षेत्रमा ब्यापारमा मन्दि भएको छैन । अहिले बैंकले ५० प्रतिशत ऋण दिएर केही असर परेजस्तो देखिएको हो । पछि यो आफै ठिक हुन्छ ।’

खतिवडाको अनुसार टाटा मोर्टसले अहिले विश्वको चर्चित ब्रान्डको टेक्नोलोजी भित्राएको छ । आगामी दिनमा विश्वस्तरिय ब्रान्डका गाडीहरु टाटाले उत्पादन गर्नेछ । ‘अहिले पनि ३ वटा मोडमा एउटै कार कुदाउन सकिन्छ । धेरै नयाँ नयाँ सुविधा र फिचरले ग्राहकहरुलाई टाटाको कारमा आर्कषित गरेको छ ।’ खतिवडाले भने–‘ माईलेज पनि राम्रो, सबै वर्गको ग्राहकहरुलाइ लक्षित गरेर टाटाले कारहरु उत्पादन गरेको छ ।’ नेपालमा धेरै अटोमोबाइल्स कम्पनिहरुहले आफ्नो व्यावसाय गरिरहेका छन् । टाटाको प्रतिस्पर्धी अरु कुनै कम्पनी नभएर आफै भएको खतिवडा बताउछन् । बिगत भन्दा राम्रो गर्ने लक्ष्य रहेको उनी सुनाउछन् । नेपालमा सिप्रदी ग्रुपले टाटामोटर्सको ब्यापार गरिरहेको छ । सिप्रदी र टाटा दुइटै उस्तै राम्रो ब्रान्ड भएकाले टाटा मोर्टसले नेपालमा राम्रो बजार बनाएको खतिवडाको बिस्वास छ । ‘मोटर किनिसकेपछि मर्मत र स्पेयर्स पार्ट सजिलै उपलब्ध हुन्छ ।’ उनले भने –‘ गुणस्तरिय र राम्रो मर्मत सेवा धेरै ठाँउमा भएकाले अरु मोटर्स भन्दा टाटा मोर्टसको नेपालमा राम्रो बजार छ ।’

टाटा मोटर्सले नेपाली बजारमा टियगो ब्रान्ड भित्राएको थियो । हिक्जा र गाइड फाईभ जस्तो सुविधासम्पन्न नया मोडेल अबको २ महिनामा भित्रिने उनी बताउछन् । वर्षमा २ वटा नयाँ ब्रान्ड नेपाल भित्राउने लक्ष्य रहेको खतिवडाले बताए ।

खतिवडाले नेपालमा अटोमोबाइल्सको भविष्य राम्रै देखेका छन् । अहिले सम्म ०.५ प्रतिसतले मात्रै कार चढ्छन् । सडक विस्तार र सडक जाम कम हुदै गएमा कार चढ्नेहरु बढ्ने उनको अनुमान छ । ग्राहकहरुबाट टाटामोटर्सको गाडीमा राम्रो प्रतिक्रिया पाएको उनी बताउछन् । टाटाले हालसालै १० हजार गाडीको टेस्ट ड्राइभ गराएको छ ।

बिभिन्न स्कुलमा गएर विद्यार्थीको अभिभावकलाई टाटाले टेस्ट ड्राईभ गराएको हो । एकजनालाई टेस्ट ड्राइभ गराएर टाटाले ५ सय अक्षयकोषमा जम्मा गरेको छ । जम्मा भएको रकम विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृती प्रदान गरेको छ । भर्खरै मात्र टाटाले टेस्ट ड्राइभ गराएर ५० लाखको चेक छात्रवृत्रीको रुपमा अक्षयकोषमा जम्मा गरेको छ ।

Tata Moters

विशेष