मनोरञ्जन

जान्नुहोस् बलिउड सेलिब्रेटिको निकनेम, जिराफदेखि आलुसम्म

जान्नुहोस् बलिउड सेलिब्रेटिको निकनेम, जिराफदेखि आलुसम्म

चैत ३ । सबै मानिसको आफ्नो आफ्नै जिस्क्याउने नाम हुन्छन् । विशेषतः आफूसँग निकट रहेका साथीभाइ तथा परिवारले बोलाउने नाम सबैको हुन्छ । त्यस्तै बलिउड कलाकारको पनि उनीहरुको निकटले बोलाउने नाम फरक छन् ।

अभिनत्री आलीया भट्टलाई उनका निकटले आलु भनेर बोलाउने गर्छन् । बरुण धवानको निकनेम पप्पु हो । त्यस्तैगरि अभिनेत्री श्रद्धा कपूलाई उनका निकटले चिरकूट भनेर बोलाउने गर्छन् । अभिनेता ऋतिक रोशनको निकनेम डग्गु हो ।

बलिउडकी फेसन आइकन मानिने सोनम कपूरलाई उनका निकटले जिराफ भनेर बोलाउँछन् । त्यस्तै एश्वर्या राय वच्चनको जिस्क्याउने नाम गुल्लु हो । चकलेटी नायक रनबीर कपूरलाई उनका निकटले डब्बु भनेर बोलाउँछन् । करिना कपूरको निकनेम बेबो हो ।

Alia Vatta Ranbeer Kapoor

विशेष