मनोरञ्जन

एडिलीको कन्सर्टमा फ्यानलाई हृदयघात भएपछि....

एडिलीको कन्सर्टमा फ्यानलाई हृदयघात भएपछि....

चैत्र ३ । हलिउड गायीका एडिलीले हालसालै सिडनीमा भइरहेको लाइभ कन्सर्ट बचिमै बन्द गर्नुपर्ने पर्ने स्थिती आयो । कनसर्टको समयमा एक ४७ वर्षीया महिलालाई हृदयघात भयो ।

कन्सर्ट चलिरहेको समयमा इमर्जेन्सी सर्भिस बोलाएर उक्त महिलालाई अस्पताल लगिएको थियो । उक्त घटनाका कारण एडिलीलेबीचमै कन्सर्ट खतम गरिन् । कन्सर्ट बचिमै बन्द गर्नु परेका कारण एडिलीले दर्शकहरुसँग माफी पनि मागिन् ।

कन्सर्टमा भएको उक्त घटनाका कारण उनी दुखी थिइन् । माफी माग्दै उनले भनिन्, ‘मलाई माफ गर्नुहोस् । कसैको ज्यान खतरामा छ । मलाई उसलाई ठिक भयो की भएन भनेर हेर्नु छ ।’

हृदयघातका कारण उक्त बिमारीलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । रिपोर्टअनुसार अहिले बिरामीको स्थिती निकै नाजुक रहेको बताइएको छ ।

Fan Death

विशेष