खेल

सिटीलाई च्याम्पियन्स लिग जिताउने ग्वार्डिओलाको अभियान समाप्त

सिटीलाई च्याम्पियन्स लिग जिताउने ग्वार्डिओलाको अभियान समाप्त
चैत्र–३ । इग्लिंस क्लब म्यानचेस्टर सिटीलाई पहिलो वर्षको आगमनमा युरोपको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग जिताउने पेप ग्वार्डिओलाको अभियान समाप्त भएको छ । फ्रेन्च क्लब मोनाकोसँग उसको घरेलु मैदानमा दोस्रो लेगको खेलमा ३–१ ले पराजित हुँदै सिटी प्रतियोगिताबाछ बाहिरिएको हो । दुवै लेग खेलको नतिजा जोड्दा ६–६ गोल भएपनि मोनाको ‘अवे’ खेलमा बढि गोल गरेको आधारमा क्वाटरफाइनल प्रवेश गर्यो । पहिलो लेगमा मोनाकोले सिटीसँग ५–३ को हार व्यहोरेको थियो । सिटीको मैदानमा ३ गोल गरेका कारण फ्रेन्च क्लब क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । बार्सिलोनालाई दुई पटक च्याम्पियन्स लिग जिताइसकेका ग्वार्डिओलाको सयौं युरोपेली खेलको रुपमा रहेको खेलमा भने सिटीको क्वाटरफाइनलमा पुग्ने सपना समाप्त भयो । दोस्रो लेगको खेलमा मोनाकोका लागि केलियन एमबापे, फाबिन्हो टाबारेज र ताइमोये बाकायोकोले गोल गरे भने सिटीका लागि लेरोय सानेले एक गोल फर्काए । खेलको ८ मिनेटमा १८ वर्षीय केलियन एमबापेले मोनाकोका लागि सुरुवाति गोल गरेका थिए । दोस्रो गोल डिफेन्सिभ मिडफिल्डर फाबिन्हो टाबारेजले २९ मिनेटमा गरेपछि फ्रेन्च क्लबको क्वाटरफाइनलमा पुग्ने सम्भावना सुनिश्चित भएको थियो । पहिलो हाफमा मोनाकोले खेललाई ५–५ को स्थितिमा पुर्याइसकेको थियो । तर, दोस्रो हाफको ७१ मिनेटमासानेले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । यस अवधिमा सिटीले गोलको थुप्रै सम्भावना पनि गुमाएको थियो । सिटीले गोल फर्काएको ६ मिनेटपछि पेनाल्टी एरिया नजिकैबाट बाकायोकोले गरेको हेडिङ गोल इङ्लिस क्लबका लागि दूर्भाग्य बन्न पुग्यो । सिटीको पराजयपछि लेस्टर सिटीमात्र च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने टोली बन्न पुगेको छ ।

च्याम्पियन्स लिग पेप ग्वार्डिओला म्यानचेस्टर सिटी

विशेष