मनोरञ्जन

‘बलिउडमा म कहिल्यै नातावादको शिकार भइन’

‘बलिउडमा म कहिल्यै नातावादको शिकार भइन’
चैत ३ । बलिउड अभिनेत्री अनुष्का शर्मा अहिलेकी चर्चित र स्थापीत अभिनेत्री हुन् । लामो समयको फिल्मी करियरमा आफूले बलिउडमा कहिल्यै पनि नातावादको शिकार हुन नपरेको उनी बताउँछिन् । त्यसो त बलिउडमा परिवारको बिडो थाम्दै अभिनयमा आएकाहरु धेरै छन् । जता पनि नातावाद देखिने बलिउडमा कत्तिको नातावादको शिकार भइयो भन्ने प्रश्नमा अनुष्काले आफू कहिल्यै शिकार हुन नपरेको बताइन् । बलिउडका हरेक कलाकारको आफ्नै गन्तव्य भएको र आफूमा क्षमता भएमा बलिउडमा काम गर्न सकिने उनले बताइन् । पछिल्लो समय अभिनेत्री कंगना रनौटले निर्देशक तथा निर्माता करण जोहरमाथि नातावादको आरोप लगाएपछि यो विषयले तरंग पैदा गरेको थियो । यतिबेला अभिनेत्री शर्मा आफ्नो आउँदो फिल्म ‘फिलौरी’ को प्रचारमा व्यस्त रहेकी छिन् ।

अनुष्का शर्मा नातावाद बलिउड

विशेष