डढेलो नियन्त्रण गर्न चुरेसँग जोडिएका ३६ जिल्लामा दुई सय पोखरी निर्माण
चैत्र–३ । डढेलो नियन्त्रणका लागि चुरे क्षेत्रसँग जोडिएका ३६ जिल्लामा करिब २ सय पोखरी निर्माण गरिएको छ । बर्सेनि लाग्ने डढेलोका कारण पशुपन्छी र जनधनको क्षति भएकाले त्यसको रोकथाम गर्न वन विभागले पोखरी निर्माण गरेको हो ।
अत्याधिक आगलागी हुने डडेलधुरा, कैलाली, कञ्चनपुर, सुर्खेत, दाङ, बारा, पर्सा, रौतहट, झापा लगायत चुरेसँग जोडिएका जिल्लाका वनमा पोखरी निर्माण गरिएको विभागका उपसचिव मोहनराज काफ्लेले जानकारी दिए ।
यस्तै आगालागी नियन्त्रणका लागि स्वयम्सेवक, सुरक्षा निकाय र सुराकी परिचालन गरिएको छ । आगो नियन्त्रण कार्यमा प्रभावकारी भूमिका खेल्ने संस्थालाई पुरस्कार समेत प्रदान गरिने काफ्लेले बताए ।
चैत १ गतेदेखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह’ सञ्चालन गरिएको छ । वनमा आगो लगाउनेलाई बिगोसहित रु १० हजार जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ ।
चुरे
डढेलो नियन्त्रण
पोखरी निर्माण