माडी क्याम्पसमा प्राविधिक शिक्षाका लागि चार करोड सङ्कलन
चैत्र–३ । चितवनकाे माडी क्याम्पसमा प्राविधिक शिक्षा तथा स्नात्तकोत्तर तह सञ्चालनका लागि चार करोड सङ्कलन भएको छ ।
यहाँ सञ्चालन भएको धनधान्याचल महायज्ञमा दुई करोड बराबरको भूमिदान तथा अरु नगद र जिन्सी सङ्कलन भएको महायज्ञ सञ्चालन समितिका नारायण पौडेलले जानकारी दिए । महायज्ञमा दुई बिगाहाभन्दा बढी भूमिदान गरिएको छ । महायज्ञमा शिवनारायण गुरौं र केवल चौधरीले ३० लाख दान गरेका छन् ।
यस्तै लोक क्षेत्री र अमृता क्षत्रीले १५ लाख, श्रीप्रसाद दवाडीले १५ लाख बराबरको भूमिदान गरेका छन् । गएको फागुन २४ गतेबाट महायज्ञ सुरु भएको थियो पण्डित दिनबन्धु पोखरेलले यहाँ कथावाचन गरिररहेका छन् । बिहीबार सकिने महायज्ञ फेरि १५ दिन थप गरिएको आयोजक समितिले जनाएको छ ।
सो क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायमा स्नातक तह पढाइ हुँदै आएकोमा यस वर्षदेखि कृषि र वनको प्राविधिक शिक्षा तथा स्नात्तकोत्तर तह पढाइ सञ्चालन गर्ने तयारी गरिएको छ ।
चितवन
प्राविधिक शिक्षा तथा स्नात्तकोत्तर तह सञ्चालन
माडी क्याम्पस