समाज

एक सय एकहत्तर विद्यार्थी परीक्षा दिन वञ्चित

एक सय एकहत्तर विद्यार्थी परीक्षा दिन वञ्चित
चैत्र–३ । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा कास्कीबाट एक सय ७१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । वर्षभरि ७० प्रतिशत हाजिरी नपुगेपछि उनीहरुले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालयका उपसचिव गोविन्द पोखरेलले जानकारी दिए । परीक्षामा नियमिततर्फ १० हजार चार सय ६३ र पुनःपरीक्षातर्फ एक सय ७२ छात्रछात्रा संलग्न भएका छन् । परीक्षाका लागि ३१ केन्द्रको व्यवस्था गरिएको छ । यस्तै परीक्षामा कारागारका तीन बन्दी, चार दृष्टिविहीन, १५ सुस्तश्रवण र ११ जना बालसुधार गृहबाट सहभागी भएका छन् । जिल्लाका एक सय ६३ संस्थागत र एक सय १४ सामुदायिक विद्यालयका छात्रछात्राले परीक्षा दिइरहेको कार्यालयले जनाएको छ । रासस

माध्यमिक शिक्षा परीक्षा वञ्चित विद्यार्थी

विशेष