मनोरञ्जन

मैले एश्वर्यालाई कहिल्यै कुटपिट गरिन - सलमान खान

मैले एश्वर्यालाई कहिल्यै कुटपिट गरिन - सलमान खान
चैत ३ । बलिउडका चर्चित नायक सलमान खान एक पटक फेरि आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा आएका छन् । उनको एक पुरानो अन्तर्वाता इन्टरनेटमा भाइरल भएको छ । उक्त अन्तर्वातामा उनले आफूले एश्वर्यालाई मारपिट गरेको कुराको खण्डन गरेका छन् । सन् २००२ मा लिइएको उक्त अन्तर्वातामा उनले आफूले एश्वर्यामाथि कहिल्यै हातपात नगरेको बताएका छन् । उनले आफूले फिल्म ‘ताल’ का निर्देशक सुभाष घईलाई झापड हानेको तर एश्वर्यालाई कहिल्यै हात नहालेको बताएका छन् । उक्त फिल्ममा एश्वर्याले पनि काम गरेकी थिइन् । फिल्म ‘हम दिल दे चुके सनम’ मा जोडि बाँधेपछि सलमान र एश्वर्याको प्रेम झाँगिएको थियो । तर यो सम्बन्ध धेरै समय टिक्न सकेन । फिल्म ‘हम तुम्हारे है सनम’ पछि उनीहरुको सम्बन्ध बिग्रियो । सम्बन्ध बिग्रिनुको कारण एश्वर्याले सलमानलाई मारपिटको आरोप लगाउँदै आएकी थिइन् ।

एश्वर्या बलिउड व्यक्तिगत जीवन सलमान खान

विशेष