मनोरञ्जन

‘घामपानी’को ट्रेलर सार्वजनिक (भिडियो)

‘घामपानी’को ट्रेलर सार्वजनिक (भिडियो)
चैत्र–३ । दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘घामपानी’को फिल्म प्रोमो तथा ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले फिल्मको प्रोमो सार्वजनिक गरको हो । फिल्ममा अभिनेता दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । त्यस्तै अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, बुद्धि तामाङ, अमोघ पोखरेल, मणिराम पोखरेल, प्रेमवर्षा खड्का, सम्रान्त थापा, विजय राईलगायतको अभिनय पनि रहेको छ । नयाँ वर्षको दिन अर्थात वैशाख १ गते रिलिज हुने फिल्ममा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङले संगीत दिएका छन् भने सिनेमेटाग्राफर शैलेन्द्रध्वज कार्कीले फिल्म खिचेका हुन् ।

घामपानी ट्रेलर सार्वजनिक

विशेष