प्रवास

पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेश

पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेश

चैत्र ४ । रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले मोस्कोस्थित ग्राण्ड क्रेमलिन दरबारमा आयोजित एक समारोहबीच त्यहाँका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिन समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

समारोहमा राजदूत घिमिरेले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी महासङ्घको निरन्तर प्रगति र समृद्धिको कामना गरेको सन्देश प्रदान गरेका थिए ।

राष्ट्रपति पुटिनले घिमिरेको स्वागत गर्दै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको नेपाली राजदूतावास मस्कोद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

Rishiram Gimire vladimir putin

विशेष