स्वास्थ्य

नुनका गुन र बैगुन

नुनका गुन र बैगुन

नुन शरीरका लागि नभई नहुने तत्व हो । विज्ञानको शब्दमा सोडियम क्लोराइडको मिश्रणलाई नुन भनिन्छ । शरीरलाई सञ्चालनका लागि चार्ज गर्ने काम सोडियम पोटासियमको मिश्रणले गर्छ । शरीरमा रहेका असंख्य कोषभित्र पोटासियम धेरै र कोषबाहिर सोडियम धेरै हुन्छ । कोषको बाहिर र भित्र हुने पानीको मात्रामा सन्तुलन ल्याउनका लागि एउटा पम्पले काम गरिहेको हुन्छ । ‘कोषभित्र टोनिसिटी बढी भएमा कोष तन्किएर बाहिर भएमा खुम्चिएर पनि फुट्छ,’ डा. बरालले भने, ‘मस्तिष्कका कोषहरूमा यस्तै प्रक्रिया भएको अवस्थामा नसा फुट्ने समस्या (स्ट्रोक) हुन्छ ।’

सामान्यतः शरीरमा सोडियमको मात्रा १३५ देखि १४५ मिलि इक्युभ्यालेन्ट प्रतिलिटर हुन्छ । सोडियम अर्थात् नुन बढी भएमा घुल्नका लागि शरीरले बढी पानी खोज्छ र तिर्खा लाग्छ । नुन कम र बेसी भएमा असर हुन्छ ।

नुनको बैगुन विज्ञहरूका अनुसार धेरै नुन हुँदा पिसाबबाट फाल्नुपर्छ । निर्धा्रित सीमाभित्र राख्नका लागि मिर्गौलाले बढी काम गर्नुपर्छ । मिर्गौलामा मुटुबाट आएको एएनपी नामको हार्माेन हुन्छ । त्यसले मिर्गौलाबाट पिसाबसँगै सोडियम (नुन) फाल्न सहयोग गर्छ । त्यस्तो अवस्थामा मुटुबाट आएको एएनपीले मात्रै सक्दैन, रगतमा रहेको नुनलाई किड्नीबाट फाल्नका लागि रक्तचाप बढाउनुपर्छ ।

किड्नीले रक्तचाप बढाउँदा सम्पूर्ण शरीरको नै रक्तचाप बढछ । त्यस्तो रक्तचापले मिर्गौलालाई असर पु¥याइहेको हुन्छ । उच्च रक्तचापका कारण हृदयाघात, पक्षाघात, मिर्गौलामा थप असर पर्ने, आँखाका नली साँघुरो बनाएर अन्धोपन नै हुन सक्छ ।’

नुन कम हुँदा के हुन्छ ?

थकान मांसपेशी चलाउन गाह्रो कम्पन छुट्ने हातखुट्टा बाउँडिने तिर्खा कम लाग्ने बेहोस हुने सम्भावना हाई आउने

नुन बढी हुँदा के हुन्छ ?

तिर्खा बढी लाग्छ उच्च रक्तचाप मुटु र मिर्गौलामा हानि सुगर, कोलेस्ट्रोलको असर बढाउन सहयोगी दिमागको कोष सुन्निएमा कम्पन हुने र ज्यानै जान सक्ने बच्ने उपाय खाना पकाउँदा अत्यन्त कम मात्रामा नुन राख्ने खाना खाँदा अतिरिक्त नुन उपभोग नगर्ने बट्टाभित्रका खाद्य पदार्थ नखाने सिसीमा राखेको अचार तथा पापड नखाने नुनिलो बदाम, आलु चिप्स, नम्किन बिस्कुट नखाने नुन बढी हुने चिज र बटर नखाने नुनको सट्टा स्वादका लागि कागती, मरिच, तोरीको पिना प्रयोग गर्ने

Salt

विशेष