मनोरञ्जन

पाको उमेरमा सेरोगेसीको सहारा लिएर बाबु बनेका बलिउड कलाकार

पाको उमेरमा सेरोगेसीको सहारा लिएर बाबु बनेका बलिउड कलाकार

चैत ४ । वैज्ञानिकको अनुसन्धान अनुसार महिलालाई धेरै उमेर पुगेपछि आमा बन्न गाह्रो हुन्छ । तर पुरुष जुनसुकै उमेरमा पनि पिता बन्न सक्छन् । यी हुन् उमेर धेरै भइसकेपछि पनि बाबु बनेका बलिउड सेलिब्रेटि ।

करण जोहर 

बलिउडका चर्चित निर्देशक तथा निर्माता करण जोहर ४४ वर्षको उमेरमा बाबु बनेका छन् । सेरोगेट आमाबाट दुई बच्चा जन्माएर उनी बाबु बनेका हुन् । उनले बच्चाहरुको नाम यश जोहर र रुही जोहर राखेका छन् । दुबै बच्चाको जन्म ७ फेब्रुअरीमा भएपनि करणले सार्वजनिक रुपमा भने मार्चको पहिलो हप्ता सार्वजनिक गरेका थिए ।

शाहरुख खान

बलिउड अभिनेता शाहरख खान पनि अन्तिम पटक ५१ वर्षको उमेरमा बाबु बनेका थिए । गौरीको तर्फबाट पहिल्यै एक छोरा एक छोरी भएपनि उनले अन्तिम छोरा अब्रामलाई जन्म दिन सेरोगेसीको मद्दत लिएका थिए । शाहरुखका अनुसार उनी इस्लाम धर्म मान्छन् । तर, उनी आफ्नी पत्नीको धर्ममा पनि उत्तिकै आस्था राख्छन् । उनका बच्चाहरु भने दुबै धर्म मान्छन् ।

आमीर खान

आमीर खानले सन् १९८६ अप्रिल १८ मा रीना दत्तसँग विवाह गरे । उनी सन् १९९३ मा पहिलो पटक छोरा जुनैदका बाबु बने । त्यसपछि सन् १९९७ मा छोरी आयराको जन्म भयो । रीनासँगको सम्बन्ध विच्छेद पछि आमीरले किरण रावसँग विवाह गरे । किरण उनी अभिनित फिल्म ‘लगान’ मा सहायक निर्देशक थिइन् । त्यसपछि ४७ वर्षको उमेरमा उनी फेरि छोरा आजादको बाबु बने । आजादको जन्मको लागि आमीरले पनि सेरोगेसीको सहारा लिएका थिए ।

Serogesi

विशेष