गाडीले पत्रकारलाई ठक्कर दिएपछि उपचारमा आफैँ खटिए शाहरुख

चैत ४ । गत बुधबार अभिनेता शाहरुख खानको गाडीले लागेर दुर्घटनामा परेका फोटोपत्रकारको उपचार शाहरुख खान स्वयमले व्यहोरेका छन् । अहिले उनले अस्पतालमा राम्रे उपचार पाइरहेको भारतीय मिडियाले जनाएको छ ।
उक्त घटना बुधबार राती घटेको थियो । शाहरुख खान अभिनेत्री आलीया भट्टको जन्मोत्सवमा जाँदै गर्दा एक फोटो पत्रकारले शाहरुखको फोटो खिच्दै गर्दा शाहरुखको गाडीको पांग्राले फोटोपत्रकारलाई किच्यो ।
अभिनेता खान तुरुन्तै गाडीबाट निस्किए र उक्त पत्रकारलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्याए । अस्पताल पुर्याएर उपचारको खर्च सबै आफैँले व्यहोर्ने पनि बताए ।
रिपोर्टकाअनुसार उक्त पत्रकार इन्डस्ट्रीमा नयाँ थिए र शाहरुखलाई देखेर उनी निकै नै उत्साहित भएका थिए । धेरै उत्साहित भएर खतरा नमानी फोटो खिच्न जाने क्रममा उनको दुर्घटना भएको थियो ।
sharukh Khan
