समाज

सुत्केरी महिला बलात्कृत !

सुत्केरी महिला बलात्कृत !
चैत्र–४ । रूकुमकी एक सुत्केरी महिला बलात्कृत भएकी छन् । झुला गाविसकी– २९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । गत सोमबार राति घरमा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर बाँफिकोट– ४ का धनवीर विटालुले जबरर्जस्ती करणी गरेको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए । विटालुलाई जबरर्जस्ती करणी उद्योग र चोरी अपराधमा मुद्दा चलाइएको उनले बताए । घटनाको बारेमा थप अनुसन्धानमा समस्या नहोस् भनेर बाहिर जानकारी ढिला दिएको प्रहरीको भनाइ छ । पीडित महिलाका श्रीमान् कामको सिलसिलामा सदरमुकाम मुसिकोट खलङ्गामा बस्दै आएका छन् । रासस

बलात्कृत रूकुम सुत्केरी महिला

विशेष