खेल

एएफसी एसियन कप छनौट खेलको लागि २० सदस्यीय टोली घोषणा

एएफसी एसियन कप छनौट खेलको लागि २० सदस्यीय टोली घोषणा
चैत्र–४ । एएफसी एसियन कप २०१९ कोे छनौट खेलको लागि नेपाली टोलीको घोषणा गरिएको छ । आउँदो मार्च २८ तारिखमा फिलिपिन्ससँग हुने एएफसी एसियन कप छनौटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार २० सदस्यीय टोलीको घोषणा गरेको हो । सुरुवाती छनौटमा परेका २७ खेलाडीबाट अन्तिम २० लाई छनौट गरिएको हो । २७ खेलाडीमध्ये अहिलेको नियमित कप्तान अनिल गुरुङ टोलीमा पर्न सकेनन् । त्यसैगरि सुमन लामा, देवेन्द्र तामाङ, एलन न्यौपाने, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत पनि राष्ट्रिय टोलीमा स्थान बनाउन असफल रहे । नेपालले छनौट खेल फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा खेल्ने छ । राष्ट्रिय टोलीमा को–को परे ? अन्जन बिष्ट सुजल श्रेष्ठ बिमल घर्ती मगर रञ्जन बिष्ट भरत खवास कर्ण लिम्बु बिकेश कुथु किरण कुमार लिम्बु बिशाल श्रेष्ठ रबिन श्रेष्ठ बिराज महर्जन अनन्त तामाङ आदित्य चौधरी कमल श्रेष्ठ रञ्जित धिमाल जितेन्द्र कार्की रोहित चन्द बिशाल राई हेमन गुरुङ बिक्रम लामा  

नेपाल फुटबल संघ (एन्फा) नेपाली टोली फुटबल

विशेष