खेल

युरोपा लिगको क्वाटरफाइनल ड्र, ब्रिटिश टोलीबाट युनाइटेड मात्र

युरोपा लिगको क्वाटरफाइनल ड्र, ब्रिटिश टोलीबाट युनाइटेड मात्र

चैत्र–५ । युरोपा लिग फुटबलको क्वाटरफाइनलको खेलको लागि शुक्रबार ‘ड्र’ भएको छ । क्वाटरफाइनलमा पुगेको ८ टिमको लागि शुक्रबार बेलुका खेल तालिकाको निकालिएको हो । यो वर्षको युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले सेमिफाइनल प्रवेशको लागि बेल्जियम क्लब एन्डरलेक्टसँग प्रतिस्पर्धा गर्नेछ । युनाइटेड युरोपा लिग प्रतियोगिताको लागि एक मात्र ब्रिटिश टोली रहेको छ । त्यस्तै गरि स्पेनिस क्लब सेल्टा डि भिगोले क्वाटरफाइनलमा बेल्जियमकै गेन्कसँग खेल्नेछ । फ्रान्सको क्लब लियोनले टर्कीको क्लब बेसिक्टास तथा नेदरल्याण्डसको अजाक्सले जर्मन क्लब शाल्केसँग खेल्नेछ । क्वाटरफाइनलको पहिलो लेग अप्रिल १३ तथा दोस्रो लेग अप्रिल २० मा हुनेछ ।

क्वाटरफाइनल ड्र म्यानचेस्टर युनाइटेड युरोपा लिग

विशेष