खेल

च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र, लिसेस्टर एथ्लेटिकोसँग बदला लिने दाउमा

च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र, लिसेस्टर एथ्लेटिकोसँग बदला लिने दाउमा
चैत्र–५ । च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको लागि 'ड्र' सार्वजनिक भएको छ । क्वाटरफाइनलमा पुगेको ८ टिमको लागि शुक्रबार खेल तालिका सार्वजनिक गरिएको हो । क्वाटरफाइनलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले इंग्लिस क्लब लिसेस्टर सिटीसँग खेल्नेछ । यस्तै अर्को स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब वायन म्युनिख र बार्सिलोनाले इटालियन क्लब युभेन्टससँग प्रतिस्पर्धा गर्ने छन् । जर्मन क्लब ब्रोसिया ड्रटमुण्डले भने फ्रोन्सेली क्लब मोनाकोसँग खेल्ने छन् । क्वाटरफाइनलको खेल अप्रिल १२ बाट सुरु हुनेछ । पहिलो खेलमा लिसेस्टर सिटीले एथ्लेटिको मड्रिडसँग खेल खेल्नेछ । लिसेस्टर सिटीले एथ्लेटिको सँग पछिल्लो ४ खेलमा १ बराबरी र ३ हार व्यहोरेको छ । यसपटक भने लिसेस्टर सिटीले एथ्लेटिको मड्रिडसँग बदला लिने दाउमा छ ।

क्वाटरफाइनल च्याम्पियन्स लिग ड्र

विशेष