समाज स्वास्थ्य

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने सरकारको अभियान सुरु

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने सरकारको अभियान सुरु
चैत्र–५ । हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउन सरकारले शनिबारदेखि अभियान सञ्चालन गर्दैछ । हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियान शनिबारदेखि देशका विभिन्न २५ जिल्लामा र चैत १७ गतेदेखि थप पाँच जिल्लामा सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ । अभियानअन्तर्गत शनिबार, आइतबार र सोमबारगरी तीन दिन भोजपुर, इलाम, धनकुटा, तह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत र लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदैछ । त्यस्तै दाङ, बाँके, बर्दिया, जाबजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुला गरी २५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा आगामी चैत १७, १८ र १९ गते हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी महिलाले सेवन गर्न नहुने महाशाखाले जनाएको छ ।

अभियान औषधि सरकार हात्तीपाइले रोग

विशेष