करेन्ट लागेर प्राधिकरणका कर्मचारीकाे मृत्यु

चैत्र–५ । ट्रान्सफर्मरमा मर्मत गर्ने क्रममा करेन्ट लागेर गए राति बर्दियाको पश्चिम पाताभार–२ गणेशपुरका ३१ वर्षीय रामबहादुर चौधरीको निधन भएको छ ।
ट्रान्सफर्मरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएपछि उचारका लागि राजापुर अस्पताल लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए ।
चौधरी नेपाल विद्युत् प्राधिकरणका कर्मचारी भएको बताइएको छ ।
करेन्ट
कर्मचारी
नेपाल विद्युत् प्राधिकरण
बर्दिया
मृत्यु