कपिल शर्माको शोलाई पछार्दै पहिलो स्थानमा आयो ‘सा रे ग म प ’


चैत ५ । चर्चित रियालटी शो ‘दी कपिल शर्मा शो’ लाई अहिले धक्का परेको छ । कारण, सोनी टिभीको नंबर वान शो कपिल शर्मा शोलाई पछि पार्दै ‘सा रा रे ग म प’ पहिलो स्थानमा आउन सफल भएको छ । केही समय अघिसम्म ‘दी कपिल शर्मा शो’ भारतकै नंवर वान टेलिभिजन शोमा परिरहेको थियो । उक्त स्थानलाई अहिले ‘सा रे ग म प ले’ उछिनेको छ । कपिलको शोलाई उछिन्दै उक्त सांगीतीक शो अहिले पहिलो नंबरमा पर्न सफल भएको छ । कपिल शर्माको शो दोस्रो स्थानमा झर्नुको कारण कार्यक्रम एउटै शैलीमा बगेको भन्ने आरोप दशर्कले लगाएका छन् । कतिपय दर्शकहरुले आफूले डा महशुर गुलातीका कारणमात्र उक्त शो हेर्ने गरेको बताएको भारतीय मिडियाले जनाएको छ । कार्यक्रम पहिलाजस्तो रमाइलो र केही नयाँपन नभएको भन्दै दर्शकले गुनासो पोखेका छन् । ‘दी कपिल शर्मा शो’ ‘सा रे ग म प ’ कपिल शर्मा पहिलो स्थान