सफलताका लागि धार्मिक विधि अपनाउँछन् यी बलिउड सेलिब्रेटी

चैत्र - ५ । विश्व वैज्ञानिक युगमा प्रवेश गरेपनि सफलताका लागि मन्दिर धाउने र पूजा पाठमा विश्वास राख्ने बलिउड कलाकार धेरै छन् । नराम्रो चिजबाट बच्नका लागि उनीहरु विभिन्न धार्मिक विधि अपनाउने गर्छन् ।
गोबिन्दा — बलिउड अभिनेता गोबिन्दाले फिल्म ‘आ गया हिरो‘बाट फेरि फिल्ममा कम ब्याक गरेका छन् । उनी अंकशास्त्र र कुण्डलीमा धेरै विश्वास गर्छन् । उनी आफ्ना पण्डितलाई नसोधी घर बाहिर पनि निस्कदैनन् । उनी शुक्रबारको दिन पैसा लिँदैनन् । यदि कसैले उनलाई शुक्रबारको दिन पैसा चुक्ता गर्न चाहे भने उनी स्वीकार गर्दैनन् । त्यस्तै उनी भर्याङबाट तल खस्नु अशुभ मान्छन् । बिरालोले बाटो काट्नु पनि उनको लागि अशुभ हो ।
बिपाशा बासु — अभिनेत्री बिपाशा बासु हरेक शनिबार कागती र खुर्सानी किनेर आफ्नो कारमा लगाउने गर्छिन् । यस्तो गर्नाले अशुभ हुनबाट बचिन्छ भन्ने उनको विश्वास छ ।
सलमान खान — इदको दिनमा रिलिज भएका ‘वान्टेड’ र ‘दबंग’ जस्ता फिल्म सफल भएपछि सलमान खान आफ्नो प्राय फिल्म इदको दिन रिलिज गर्ने गर्छन् । यसका साथै सलमान आफ्ना पिताले दिएका ब्लु ब्रेसलेट पनि सधैँ लगाउने गर्छन् । उनी त्यसलाई आफ्नो लकी चार्म मान्ने गर्छन् ।
दिपिका पादुकोण — बलिउड अभिनेत्री दिपिका पादुकोण आफ्नो हरेक फिल्म रिलिज हुनु पहिला मुम्बईस्थित सिद्धिविनायक मन्दिर जाने गर्छिन् । त्यहाँ गएर दर्शन गर्दा आफ्नो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्नेमा उनी विश्वास गर्छिन् ।
आमीर खान — बलिउडका मिस्टर पर्फेक्सनिस्ट मानिने आमीर खान आफ्नो लागि डिसेम्बरको महिना लकी मानछन् । उनका पछिल्ला फिल्म तारे जमीन पर, गजनी, ३ इडियट्स र धुम ३ पनि डिसेम्बरमे रिलिज भएका थिए । भारतीय मिडियाका अनुसार उनले पत्नी किरण रावोसँगको छोरा आजादको जन्मको प्लानिङ पनि डिसेम्बरमै गरेका थिए ।
अमिताभ बच्च्न — भारतीय मिडियाका अनुसार अमिताभ बच्चन टीम इण्डियाको क्रिकेटको लाइभ म्याच कहिल्यै पनि हेर्दैनन् । उनी सधैँ रेकर्ड गरेको म्याच मात्र हेर्ने गर्छन् । उनी जब पनि म्याच हेर्न बस्छन् तब इण्डियाको विकेट झर्न सुरु हुने गर्छ । उनी हातमा लगाउने नीलम पत्थरको औठीलाई लकी चार्म मान्ने गर्छन् ।
रणवीर सिंह — रणवीर सिंह बेलाबेलामा बिरामी भइरहन्छन् । पटक पटक बिरामी हुनाले उनकी आमाले उनको घाटीमा एउटा कालो डोरो बाँधिदिइन् । त्यो डोरो लगाएदेखि उनी बिरामी हुन छाडेकाले उनी सधैँ उक्त डोरो लगाइरहन्छन् ।
Aamir Khan
Amitab Bachchan
Bipasa Basu
dipika padukod
salman khan






